PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

मेयरलाई स्थानीयको मुक्का!



पहिलोपोस्ट

मेयरलाई स्थानीयको मुक्का!
मु्क्का प्रहार भएको भिडियोबाट।

बुटवल : रुपन्देहीको बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले हातपात गरेका छन्। 

भदौ १३ गते भन्दा अघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए। त्यही क्रममा मेयर सुवेदी अवलोकनका लागि पुगेका थिए। उनलाई स्थानीयले मुक्का प्रहार गरेका हुन्।

उनीहरुले लामो समयसम्म उप महानगरपालिकाले आफूहरुलाई सहयोग नगरेको भन्दै आक्रोश पोखेका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell