PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एमालेको अवरोधबिच सत्ता पक्षले बजेट पारित गराउँदा प्रतिनिधिसभामा जे देखियो

एमालेको अवरोधबिच सत्ता पक्षले बजेट पारित गराउँदा प्रतिनिधिसभामा जे देखियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रमुख प्रतिपक्ष दलको अवरोधका बाबजुद सभामुख अग्नि सापकोटाले संसदमा विनियोजन विधेयक अघि बढाएर बजेट पारित गराएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयकको प्रस्ताव पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए।

सभामुख र मन्त्री शर्माले बजेटका प्रस्तावहरु अघि बढाउँदै गर्दा एमालेको अवरोध जारी रह्यो। । बजेटको छलफलमा सांसद प्रेम सुवालले मात्रै भाग लिएका थिए। उनका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको बजेट प्रतिस्थापन गरेको र बजेटको आकार घटाएर यथार्थपरक बनाएको बताएका थिए।

अघिल्लो सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। शर्माले संसदमा निर्णयार्थ प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। अब विधेयक राष्ट्रियसभामा पेश गर्नेछ। राष्ट्रियसभाले १५ दिन भित्र बजेटबारे निर्णय गर्नुपर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell