PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

च्यासलमा सुरु भयो एमालेको स्थायी कमिटी बैठक, विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल हुँदै



पहिलोपोस्ट

च्यासलमा सुरु भयो एमालेको स्थायी कमिटी बैठक, विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल हुँदै

काठमाडौं : नेकपा एमलेको स्थायी कमिटीको बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा असोज १५-१७ मा हुने विधान महाधिवेशनमा पेश हुने दस्तावेजबारे छलफल हुने एजेण्डा छ।

राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन लगायतका प्रस्तावलाई अन्तिम रुप दिन एमालेको स्थायी कमिटीको बैठक बसेको हो। आइतवारको बैठकमा पार्टीका उप-महासचिव घनश्याम भुसालले अध्यक्ष ओलीको प्रतिवेदनका विरुद्ध आफ्नो फरक मत राखेका थिए।

सोमवारको बैठकमा एमालेका प्रतिनिधिहरु निर्वाचित हुने प्रस्ताव गरिएको थियो भने उमेरहद ७० वर्ष कायम गर्नुपर्ने प्रस्ताव दर्ता भएको थियो।

आजको बैठकले विधान महाधिवेशनका लागि दस्तावेजहरुलाई अन्तिम रुप दिने निर्णय गर्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell