PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा फेला



पहिलोपोस्ट

पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा फेला

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा एकजना महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। महिलासँगै कुकर पनि झुन्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार महिला र कुकुर एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। 

गुल्मी चन्द्रकोट गाउँपालिका १ शान्तिपुर घर भई पोखरा १७ बेलघारी छोरीको घरमा बस्दै आएकी ५५ वर्षीया कोपिला राना फुस्रेखोलाको किनार पाख्रीको रुखमा कुकुरसहित झुन्डिएको मृत अवस्थामा भेटिएकी हुन्।

हमालका अनुसार सोमबार बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए। खबर लगत्तै बैदामबाट डिएसपी चिनिमाया तामाङ नेतृत्वको ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएका थिए।

मृत राना गएराति देखि हराएकी थिइन्। राती ९ बजेसम्म पनि राना घर नआएपछि आफन्त र परिवारजनले खोजतलास गरेका थिए। 

हमालका अनुसार प्रारम्भिक घटनाक्रम हेर्दा आत्महत्या रहेको देखिन्छ।

राना झुन्डिएको स्थानमा बेलाबेला गइरहने खुलेको प्रहरीले जनाएको छ। उनी पालेको २ वटा बाख्रालाई सो ठाउँमा चराउन गइरहने प्रहरीले बताएको छ।

'शारीरिक चोटपटक देखिएको छैन। प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको देखिन्छ' प्रवक्ता हमालले भने।

प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell