PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अभिनेता थलापति विजयले आमाबुबाविरुद्ध हाले मुद्दा



पहिलोपोस्ट

अभिनेता थलापति विजयले आमाबुबाविरुद्ध हाले मुद्दा

साउथ फिल्मका अभिनेता थलापति विजय यतिबेला निकै चर्चामा छन्। चर्चाको कारण हो आमाबुबासहित ११ जना विरुद्ध उनले अदालतमा हालेको मुद्दा

आमाबुबाले राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको उनको आरोप छ। राजनीतिक पार्टीमा आफ्नो नाम जोडेर कार्यक्रम तथा सभा आयोजना नगर्न समेत उनले अनुरोध गरेका छन्।

उनका बुबा एसके चन्द्रशेखरले सन् २०२० मा विजयको नामबाट 'अल इन्डिया थलापति विजय मक्कल इयक्कम' पार्टीको नाम राख्ने घोषणा गरेका थिए। विजय पनि छिट्टै राजनीतिमा आउने उनको दाबी थियव। तर विजयले भने यो कुरा गलत भएको बताएका छन्।

उनले बुबाले घोषणा गरेको राजनीतिक पार्टीसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। साथै फ्यानहरुलाई आफ्नो नाम जोडेको राजनीतिक पार्टीमा समावेश नहुन समेत आग्रह गरेका छन्।

'मेरा बुबाले जारी गर्नुभएको राजनीतिक बयानमा मेरो प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन। म आफ्नो बुबाको राजनीतिक चाहनाको पालना गर्न कुनै बाध्य छैन। यदि कोहि मेरो नाम, फोटो या मेरो फ्यान क्लबको दुरुप्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न प्रयास गर्छ भने म उसको विरुद्धमा जान्छु' उनले बयानमा उल्लेख गरेका छन्।

यस मुद्दामा अदालतमा २७ सेप्टेम्वरमा सुनुवाई हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell