काठमाडौं : 'म नेपाल हो' बोल गीतको भिडियो रिलिज भएको छ। सन्तोष अधिकारीको लगानी रहेको उक्त राष्ट्रिय गीत असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
अजय अधिकारीले लेखेको शब्दमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत तथा स्वर रहेको छ। गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन्।
गीतको भिडियोमा सन्तोष अधिकारीका साथै कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय रहेको छ। गीतमा अभिनेता अधिकारीले २० भन्दा बढी क्यारेक्टरमा अभिनय गरेका छन्।
निशान कस्यपको निर्देशन रहेको गीतको भिडियोमा उत्तम हुमागाईको छायांकन रहेको छ।
सन्तोष अधिकारी फिल्म 'तीन जन्तु' मा निर्माताका रुपमा समेत रहेका छन्। तर उनको फिल्म रिलिज हुन भने बाँकी नै छ।
