PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रदेश नम्बर १ र वाग्मतीमा हाम्रो सरकार बन्दै छ, स्वागतका लागि तयारी गर्नुस् : माधवकुमार नेपाल



पहिलोपोस्ट

प्रदेश नम्बर १ र वाग्मतीमा हाम्रो सरकार बन्दै छ, स्वागतका लागि तयारी गर्नुस् : माधवकुमार नेपाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

सोमवार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेपालले प्रदेशमा छिट्टै एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको दाबी गरेका हुन्। 

' प्रदेश एक र वाग्मतीमा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईंहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चहान्छु,'उनले भने।

नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु एमालेबाट अलग भएर हाइसञ्चो भएको भए संसदमा नाराबाजी किन गरेको भन्दै प्रश्न समेत गरे।

भने,'आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो। यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा?' नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell