PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आइक्यान पार्सदलाई सम्मान



पहिलोपोस्ट

आइक्यान पार्सदलाई सम्मान

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई सम्मान गरेको छ। सम्मान कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्याक्तिहरुको उपस्थिति थियो। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा राष्ट्रपतिबाट विभुषण प्राप्त गरेका संघका सदस्यहरुलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नव निर्वाचित अध्यक्ष युद्धराज ओलीले चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरे। कार्यक्रममा नेपाल अडिटर यसोसियसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरिक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले विचार राखेका थिए।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष वाग्ले, महासचिव तेजप्रसाद सुवेदी, उपाध्यक्ष रमेशकुमार धिताललगायतले मन्तव्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell