PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बेङ्ग्लोरमाथि कोलकत्ताको सहज जित



पहिलोपोस्ट

बेङ्ग्लोरमाथि कोलकत्ताको सहज जित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि कोलकत्ता नाइट राइडर्सले सहज जित निकालेको छ। अबुधाबी स्थित जायेद स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले ९ विकेटको सहज जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले फितलो ब्याटिङ गरेको थियो। १९ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै बेङ्ग्लोर ९४ रनमा समेटिएको थियो। जसका लागि देवदत्त पार्डिकलले सर्वाधिक २२ रन बनाउँदा श्रीकर भारतले १६ रन तथा हर्षल पटेलले १२ रन बनाए। त्यस्तै ग्लेन म्याक्सवेलले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाउन सकेनन्।

बलिङतर्फ कोलकत्ताका बरुण चक्रवर्ती र आन्द्रे रसलेमाले सर्वाधिक समान ३/३ विकेट लिँदा लोकी फर्गुइसनले २ विकेट तथा प्रसिद कृष्णले १ विकेट लिए।

जवाफी ब्याटीङमा उत्रिएको कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। जसका लागि शुभमन गिलले सर्वाधिक ४८ रन बनाउँदा बेङकटेस ऐयर ४१ रनमा अभिजित रहे।

जितसँगै कोलकत्ता ८ खेलबाट ६ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ भने बेङ्ग्लोर १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell