PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

नेपालले आज हङकङको सामना गर्दै



पहिलोपोस्ट

नेपालले आज हङकङको सामना गर्दै

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ।

समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेलिसकेको छ। उक्त खेलमा अग्रता बनाएर पनि अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल २-१ गोल अन्तरले पराजित भएको थियो।

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि दवाब हुने बताए।

'फिलिपिन्ससँगको नतिजाले खेलाडीहरु सन्तुस्ट छैनन्। हङकङमाथि पनि धेरै प्रेसर छ। उनीहरुको फ्रेस टिम छ,' प्रशिक्षक फिलिप्सले भने, 'हामी यसअघि खेलिसकेका छौं। उनीहरु माथिल्लो बरीयताका हुन्। तर हामीले पनि राम्रो तयारी गरेका छौं।'

प्रशिक्षक फिलिप्सका अनुसार पुजा रानाले चोटका कारण आजको खेल गुमाउने छिन्।

समूह एफमा नेपाल फिलिपिन्स र हङकङ छन्। प्रतियोगितामा कायम रहन नेपाललाई आजको खेलमा जित्नै पर्ने दवाब हुनेछ।

नेपाली टिम

अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell