PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुटवलका मेयरमाथि मुक्का हान्ने युवा पक्राउ



पूजा पन्थी

बुटवलका मेयरमाथि मुक्का हान्ने युवा पक्राउ

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन्। उनले सोमवार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए।

उनलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पंगेनीलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।

को हुन गणेश पंगेनी?

नुरुप्रसाद पंगेनीका छोरा २६ वर्षीय गणेश पंगेनीले मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए। पहिरोका कारण घर पूर्ण रुपमा क्षति भएपछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएका छन्। पंगेनीको परिवारमा ५ जना रहेको छन्।

उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्। उनी नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत (सामाजवादी) को विद्यार्थी संगठनमा आवद्ध हुँदै आएका छन्। विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको उनको भनाई छ।

पहिरोबाट घरलगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले सहयोग नगरेको भन्दै उनी आक्रोशित थिए। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालले पंगेनी पहिरो पीडित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell