PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

क्यानडामा मध्यावधि निर्वाचन : प्रधानमन्त्री ट्रुडोको जित तर बहुमत ल्याउने सम्भावना कम



पहिलोपोस्ट

क्यानडामा मध्यावधि निर्वाचन : प्रधानमन्त्री ट्रुडोको जित तर बहुमत ल्याउने सम्भावना कम
Photo : @JustinTrudeau

क्यानडामा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले जित हासिल गरेका छन्। कुबेक शहरको पापिनोबाट उनले आफ्नो सिट सुनिश्चित गरेको बीबीसीले उल्लेख गरेको छ।

सत्तारुढ लिबरल पार्टीले निर्वाचनपछि पनि ट्रुडोकै नेतृत्वमा सरकार बन्ने दाबी गरेको थियो। निश्चित गरिएको समयभन्दा अघि नै ट्रुडोले निर्वाचनमा जाने घोषणा गरेका थिए। तर, उनको पार्टीले निर्वाचनमा बहुमत ल्याउने अवस्था भने नरहेको बताइएको छ।

लिबरल पार्टीले मध्यावधि निर्वाचनमा बहुमत ल्याउन नसकेको खण्डमा ट्रुडोमाथि पार्टी भित्र र विपक्षीबाट प्रश्न उठ्ने स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell