PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

माधव नेपालको राष्ट्रिय परिचयमाथि गोकुल बाँस्कोटाको प्रश्न, 'कहाँबाट जन्मे माधव नेपाल, अवैध सन्तान हुन् उनी?'



रिना थापा

माधव नेपालको राष्ट्रिय परिचयमाथि गोकुल बाँस्कोटाको प्रश्न, 'कहाँबाट जन्मे माधव नेपाल, अवैध सन्तान हुन् उनी?'

पोखरा : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको राष्ट्रिय परिचयमाथि प्रश्न उठाएका छन्। प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेपालमाथि बाँस्कोटाले कटाक्ष गर्दै प्रश्न गरेका हुन्।

एमालेबाटै निस्केर गएर यस पार्टीको नाम सुन्दा नाक खुम्चिनु अचम्मको कुरा भएको उनको भनाई थियो। 'एमाले भन्दा नाक खुम्चिन्छ रे? हिजो सुने मैले? कहाँबाट जन्मे माधव नेपाल। माधव नेपालको जन्म कहाँबाट भएको? अचम्म लाग्छ।'

एमालेको वैध सन्तान भए नाक खुम्च्याउनु पर्ने अवस्था नरहने बाँस्कोटाको तर्क थियो। 'उहाँको बुवाले त जन्माउनुभयो। उहाँको आमाले जन्माउनुभयो,' उनले भने, 'तर माधव नेपालको राष्ट्रिय परिचय कहाँबाट बन्यो। स्रोत जग र कोख त एमाले हो। कि अवैध सन्तान हुन् उनी? नभए एमालेको वैध हो भने एमाले भन्दा नाक खुम्चिन्छ? बेइमानी पनि, पखाण्डीको पनि सीमा हुन्छ नि।'

बुवाआमालाई नचिन्नु भनेको अचम्म लाग्दो कुरा भएको उनको दाबी थियो। 'बाउआमाबाट जन्मिने अनि बाउआमा नचिन्ने, कस्तो प्रवृत्ति? सुपुत्र कि कुपुत्र। तर हामीलाई केही पनि मतलब छैन,' उनले भने।

माधव नेपालको पार्टी अध्यादेशे पार्टी, चुनावमा एक प्रतिशत ल्याउँछ

बाँस्कोटाले नेपालको पार्टीलाई अध्यादेशे पार्टी भएको तर्क गर्दै एकीकृत समाजवादीले चुनावमा एक प्रतिशत मत ल्याउने दाबी गरे। 'यो अध्यादेशे पार्टी तल जाँदा त गजबकै देखियो। सुकेर ९.७४ प्रतिशत। चुनावमा पुग्दा सुकेर एक प्रतिशत पुग्छ,' उनले थपे, 'वामदेवलाई हेरे पुग्छ। शेरबहादुर देउवालाई हेरे भैगो नि। फर्केर आएका छन् अहिले नेपाली कांग्रेसका सभापति। फुटाएको हैन गिरिजाप्रसाद सित? टिक्यो त। माओवादीकै विभिन्न हाँगाविगा हेरे भैगो त। जेजसो भए पनि प्रचण्डको अलिअलि जालीझेली कुरा त चलेको छ नि त समाजमा।'

नेपाल पक्षले देशभक्त पार्टीलाई कमजोर बनाएको उनको आरोप रह्यो। 'एमालेको कमाई खाएर एमालेको रगनपसिनाको मुल्यलाई खिच्याइरहेको छ। माधव नेपाललाई कुन कांग्रेसले भोट हालेको छ? २२ भाइ बहिनी महाप्रतिगामी हुन्। जसले देशभक्त पार्टीलाई कमजोर बनायो,' बाँस्कोटाले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell