PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतमा थपिए २६ हजार कोरोना संक्रमित, ९६ लाख ४६ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

भारतमा थपिए २६ हजार कोरोना संक्रमित, ९६ लाख ४६ हजार बढीले लगाए खोप

भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ११५ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, ३४ हजार ४६९ जना संक्रमण मुक्त भएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९ हजार ५७५ पुगेको छ।

संक्रमणका कारण थप २५२ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण हालसम्म ४ लाख ४५ हजार ३८५ जनाको मृत्यु भइसकेको छ।

भारतभर पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएको मन्त्रालयले जनाएको छ। भारतमा हालसम्म ८१ करोड ८५ लाख १३ हजार ८२७ जनाले खोप लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell