PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीको छापा



पहिलोपोस्ट

लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौंः लागु औषध चरेस प्याकिङ गर्ने कारखानामा प्रहरीले छापा मारेको छ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले हस्तकलाको समानभित्र चरेस प्याकिङ गर्ने कारखानामा छापा मारेको हो। प्रहरीले कारखानाबाट दुई जनालाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। त्यस्तै यस घटनामा संलग्न अन्य सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले यसरी प्याकिङ गरेको सामान विदेश पठाउने गरेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell