PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो : कस्तो रह्यो प्रतियोगिताको प्रतिफल?



पहिलोपोस्ट

ओमान भ्रमण सकेर नेपाली टोली स्वदेश फर्कियो : कस्तो रह्यो प्रतियोगिताको प्रतिफल?

काठमाडौं : ओमानमा आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।  

ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने ओमान गएको टोली आज नेपाल फर्किएको हो। भ्रमणका क्रममा नेपालले ओमान र अमेरिकासँग लिग चरणका दुई-दुई खेल खेलेको थियो भने पपुआ-न्युगिनीसँग मैत्रिपूर्ण दुई खेल खेलेको थियो। जसमध्ये अमेरिका र ओमानसँगका एक-एक खेलमा जित र एक-एक खेलमा पराजय व्यहोरेको थियो। साथै पपुआ न्युगिनीसँगका दुवै खेलमा जित हात पारेको थियो। 

स्वदेश फर्केसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान ज्ञानेन्द्र मल्लले युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै आगामी दिनमा थप अनुभवको जरुरी भएको बताए। 

घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए। युवा खेलाडीमा गरेको लगानीको प्रतिफलको असर विस्तार टोलीमा देखिन थालेको उनको भनाइ थियो। 

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको बताए। यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाईमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालीन योजना अनुसार अगाडि बढ्न असर पर्ने कप्तान मल्लले तर्क राखे।

खेलका ८ खेल मध्ये चारमा सफलता हात पारेको नेपालले तालिकामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ। यसअघि ओपनिङमा समस्या देखिँदै आएकोमा ओमान भ्रमणमा भने केही सुधारिएको प्रदर्शन नेपाली टोली गर्न सफल भयो। कुशल भुर्तेल र आशिफ शेखले नेपाली टोलीको ओपनिङ इनिङ्लाई सम्हालेका थिए। जसमा दुवै ब्याट्सम्यानले व्यक्तिगत करियरमा भ्रमण सार्थक बनाउन सफल भए। ओपनिङ मध्येका युवा ब्याट्सम्यान कुशल भुर्तेलले रणनीतिक हिसाबमा खेल्दा ओमान भ्रमण व्यक्तिगत र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए।

यस्तै, राष्ट्रिय टोलीबाट एक दिवसीय खेलमा डेब्युको मौका पाएका विक्रम सोबले पनि भ्रमण व्यक्तिगत करियर र टोलीका लागि राम्रो भएको प्रतिक्रिया दिए। विक्रम शोबले अमेरिका विरुद्ध डेब्यु गर्दा पाएको पहिलो ओभरको बलिङको पनि पहिलो बलमा विकेट  निकाल्न सफल भएका थिए। 

विक्रमको अलावा ओमान भ्रमणमा गुल्सन झाले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। त्यस्तै, कप्तान मल्ल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन। साथै कप्तान मल्लले एक दिवसीय करिअरमा चार वटा अर्धशतक पनि पूरा गरेका छन्। उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन। एक दिवसीय खेलमा पहिलो पटक ओमानविरुद्ध बलिङ गर्दा शरद भेषवाकरले दुई अन्तर्राष्ट्रिय विकेट लिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell