PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक टेबुल



पहिलोपोस्ट

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक टेबुल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बिच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ।

राष्ट्रियसभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बिच राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रियसभा समक्ष टेबुल गरेका हुन्।

राष्ट्रियसभा बैठक सुरु भएसँगै नेकपा(एमाले)का तर्फबाट राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै अध्यादेश लागू गराउनका लागि सभामुखको भूमिका हुनु गलत भएको बताए। उनले नेकपा(एमाले)ले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले हालसम्म टाँस नगरेको भन्दै राष्ट्रियसभा बैठकको अवरोध जारी राख्ने बताए।

एमालेको अवरोध पछि बैठक १५ मिनेट स्थगित भएको थियो। बैठक पुन: सुरु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell