PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

‘बर्लिन म्याराथन’मा सहभागी हुन गोपीचन्द्र पार्की आज जर्मनी जाने



पहिलोपोस्ट

 ‘बर्लिन म्याराथन’मा सहभागी हुन गोपीचन्द्र पार्की आज जर्मनी जाने
सागमा पदक जितेपछि पार्की

काठमाडौं : जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’मा सहभागिता जनाउने नेपाली धावक गोपीचन्द्र पार्कीको आज बिदाइ गरिएको छ। नेपालगंज म्याराथनद्वारा आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो।

दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन्। सो अवसरमा दुवै जनालाई ट्रयाक सुट र टिसर्ट प्रदान गरिएको थियो।

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ। धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दैछन्। उनी पछिल्लो संस्करणको नेपालगंज म्याराथनको विजेतासमेत हुन्।

पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा म्याराथनमा स्वर्ण पदक जितेका थिए। बिदाइ कार्यक्रममा पार्कीले आफुले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell