PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा



पहिलोपोस्ट

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा
Photo : PINKVILLA

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ।

कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्।

अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा रिहा गरेको छ।

अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा राजलाई १९ जुलाईमा मुम्बई प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीले राजविरूद्ध यस मामिलामा करिब १५०० पृष्ठको अभियोग पत्र अदालत समक्ष पेश गरेको थियो। जसमा ४३ जनाको बयान समावेश छ।

गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्म बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell