PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थपिए १३३० कोभिड १९ संक्रमित, ५ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए १३३० कोभिड १९ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं : देशभर थप १ हजार ३३० जनामा कोभिड १९ संक्रमण देखिएको छ। १ हजार ३६ जनामा पीसीआर परीक्षणका क्रममा र २९४ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।

यस्तै, १ हजार ८३० जना संक्रमण मुक्त हुँदा देशशर सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ५२४ पुगेको छ।

संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर संक्रमणका कारण ११ हजार ५३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ५५ हजार २४२ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। यससँगै देशभर ६२ लाख ३० हजार ८२३ जनाले खोपको पहिलो मात्रा लगाएका छन्। पूर्ण मात्राको खोप लगाउनेको संख्या भने ५६ लाख २८ हजार ७९२ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell