PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक : माधव नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश



पहिलोपोस्ट

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक : माधव नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। बानेश्वरको बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा आयोजना गरिएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा नेपालले प्रस्तुत गरेको प्रतिवेदन बारे छलफल भएको प्रचार विभाग प्रमूख जगन्नाथ खतिवडाले बताए।

केन्द्रिय कमिटी बैठकका निर्णय सुनाउँदै खतिवडाले निर्वाचन आयोगमा सनाखत गरेका ११६ जना र त्यसपछि थपिएका केन्द्रीय कमिटी सदस्यहरुले सपथ लिएको बताए। साथै केन्द्रीय कमिटी विस्तार, कार्य विभाजन लगायत अन्य विषयमा छलफल भएको उनले बताए।

बैठकले आवधिक योजना बनाएर तीन महिने जागरण अभियान संचालन गर्ने निर्णय समेत गरेको छ। यस्तै,७७ जिल्लामा कमिटी विस्तार गर्ने निर्माण समेत गरिएको छ। ३ महिनामा सबै स्थानीय तहमा कमिटी विस्तार गर्ने समेत बताइएको छ।

खतिवडाले चुनाव चिह्न बारे भने अहिलेसम्म टुंगो नलागेको बताए।   

'खुसी पनि छौं र दु:ख पनि छ। कम्युनिस्ट आन्दोलनको पुनर्जागरण गरकोमा खुसी छौ भने पार्टी विभाजन गर्नु परेकोमा दु:खी' उनले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गिरोहले कम्युनिष्ट पार्टीलाई ग्रस्त बनाएको भन्दै एकीकृत समाजवादीको बैठकले १० जना मध्यधारका नेतालाई एमालेमै लड्न र सफल नभए आश्रयस्थल एकीकृत समाजवादीमा आउन आग्रह गरेको खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell