PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोभिड-१९ संकट व्यवस्थापन विधेयक संसद्मा पेश गर्न स्वीकृति प्रदान, यस्ता छन् सरकारका निर्णय



पहिलोपोस्ट

कोभिड-१९ संकट व्यवस्थापन विधेयक संसद्मा पेश गर्न स्वीकृति प्रदान, यस्ता छन् सरकारका निर्णय
फोटो : रोशन सापकोटा/रासस।

काठमाडौं : सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए।

बैठकले कर्णाली करिडोर अन्तर्गत सल्ली सल्ला-सिमिकोट खण्डको डल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ किलोमिटर र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३ दशमलव ५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ।

सरकारले कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।

‘औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने’, सरकारका प्रवक्ता कार्कीले भने, ‘कोभिड-१९ व्यवस्थापन आदेश २०७८ स्वीकृत गर्ने’

त्यस्तै, संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell