PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

श्वेत भैरवको मुखबाट प्रसाद पिउन महिलाहरुबिच प्रतिस्पर्धा

श्वेत भैरवको मुखबाट प्रसाद पिउन महिलाहरुबिच प्रतिस्पर्धा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा)को अवसरमा हनुमानढोकामा रहेको हाथुद्यः (श्वेत भैरव) को मुखबाट निस्कने प्रसाद थ्वं (जाँड) र समयबजी आज महिलालाई मात्र खुवाएको छ। ८ दिनसम्म मनाइने इन्द्रजात्रामा यँया पुन्हि / भाद्र शुक्ल पूर्णिमाको भोलिपल्ट मात्र यसरी महिलहरुलाई जाँड प्रसादका रुपमा खुवाइन्छ।

मंगलवार राति पनि प्रसाद खानका लागि ठूलो संख्यामा महिला हनुमानढोका अघि उपस्थित थिए। सुरक्षालाई मध्यनजर गर्नै धेरै संख्यामा महिला प्रहरी तैनाथ गरिएको थियो। श्वेत भैरवको विशाल मूर्तिको मुखबाट जोडिएको पाइपबाट जाँडको धारा बगाइएपछि महिलाहरु प्रसाद खान तँछाड मछाड गरेका थिए। त्यहाँ उपस्थित महिलाबिच प्रसाद पिउन प्रतिस्पर्धा नै भएको थयो।

झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यः को मूर्तिलाई इन्द्रजात्रामा मात्रै सार्वजनिक प्रदर्शन गरिन्छ। अरु बेला भने स-सानो प्वाल भएको काठको ढोकाले छोपेर राखिन्छ। यो देवताको मूर्तिको मुखबाट इन्द्रजात्राका आठै दिन जाँडको प्रसाद मुखबाट निकालिएको पाइपबाट बगाएर बाँडिन्छ। यसलाई नेपालभाषामा हाथु हायेकिगु भनिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell