PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु



पूजा पन्थी

पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु

बुटवल : गएराति परेको अविरल वर्षाको कारण आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ८ थुम्का लाइन तम्घास बस्ने तिलक परियारका एकै कोठामा सुतेका तीन छोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

संगै कोठामा सुतिरहेकी एउटी छोरीलाइ उद्धार गरी बचाइएपनि अन्य तीन जनालाइ बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषौत्तम पाण्डेले जानकारी दिए। मृत्यु हुनेहरुमा २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र  ​जमुना परियार रहेका छन्। उद्धार गरिएकी छोरीको स्वास्थ अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ।

घर माथिबाट ढुङ्गा माटोसहितको पहिरो आई पक्की घरको कोठामा सुतिरहेका परियारका छोरीहरु पुरिएका हुन्। राति २ बजेतिर पहिरोले पुरेको थाह पाउनसाथ प्रहरी घटनास्थल पुगेको थियो। स्थानीय, नेपाली सेना र नेपाल प्रहरी सशस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शवलाइ जिल्ला अस्पताल तम्घास गुल्मी पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell