PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पेप्सीकोलामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा युवकको गयो ज्यान



पहिलोपोस्ट

पेप्सीकोलामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा युवकको गयो ज्यान

काठमाडौं : काठमाडौंमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३२ छाप्रो बस्ने रामेछाप खर्पु घर भएका ३२ वर्षीय लक्ष्मण सुनारको मंगलवार साँझ मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पैदल हिँडिरहेको अवस्थामा सुनारलाई  प्रदेश ३-०२-०११ प ३६१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको मदरल्याण्ड अस्पताल पेप्सीकोला हुँदै ट्रमा सेन्टरमा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell