PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

कपनको ढलमा छिरेको बालक बेपत्ता भएको खबर आएपछि खोज्दै प्रहरी



पहिलोपोस्ट

कपनको ढलमा छिरेको बालक बेपत्ता भएको खबर आएपछि खोज्दै प्रहरी
फाइल फोटो

काठमाडौं : कपनमा एक जना बालक पानीको भेलसँगै ढलभित्र छिरेर हराएको जानकारी आएपछि प्रहरी खोजीमा लागेको छ।

कपन मिलनचोक तरकारी बजारमा रहेको ढलभित्र बालक छिरेर बेपत्ता भएको स्थानीयले खबर गरेपछि प्रहरी खोजीमा जुटेको हो। 'स्थानीयले राति ढलभित्र छिरेको देख्नुभएको रहेछ। खबर आएपछि हिजोदेखि हाम्रो टोलीले खोजी गरिरहेको छ,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भनिन्।

आन्दाजी ९ वर्षीय बालक राति करिब साढे ८ बजेतिर ढलमा छिरेको स्थानीयले प्रहरीलाई जानकारी दिएका हुन्। राति आठ बजेतिर काठमाडौंका विभिन्न स्थानमा भारी वर्षा भएको थियो। बालकको पहिचान भने खुल्न सकेको छैन।

'दुई जना परिवार आफ्नो बालक हराएको भन्दै आउनुभएको छ। तर, कसको बच्चा हो भन्ने खुलेको छैन,' प्रहरी निरीक्षक तिमिल्सिनाले भनिन्।

यसअघि भक्तपुरमा पनि यसरी सडकमा हिँडिरहेका मानिसलाई बगाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell