भारतमा पछिल्लो २४ घन्टामा कोभिड १९ का २६ हजार ९ सय ६४ नयाँ संक्रमित पहिचान भएको छ। यस अवधिमा संक्रमणकै कारण भारतमा ३ सय ८३ जनाले ज्यान गुमाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। साथै यस अवधिमा ३४ हजार १ सय ६७ जना संक्रमणमुक्त भएका छन्।
यससँगै भारतमा एक्टिभ संक्रमितको संख्या पछिल्लो १ सय ८६ दिनकै सबैभन्दा कम हुन पुगेको छ। यसले कोरोना भाइरसको संक्रमण भारतमा क्रमश घट्दै गएको देखाउँछ। भारतमा आज एक्टिभ संक्रमितको संख्या ३ लाख १ हजार ९ सय ८९ रहेका छन्।
अहिलेसम्म भारतमा संक्रमणमुक्त हुनेको संख्या ३ करोड २७ लाख ८३ हजार ७ सय ४१ पुगेको छ। साथै, ४ लाख ४५ हजार ७ सय ६८ जनाको संक्रमणकै बिच मृत्यु भएको छ। अहिलेसम्म भारतमा ८२ करोड ६५ लाख १५ हजार ७ सय ५४ जनाले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन्।
India reports 26,964 new COVID cases, 34,167 recoveries, and 383 deaths in the last 24 hours
— ANI (@ANI) September 22, 2021
Active cases: 3,01,989 (lowest in 186 days)
Total recoveries: 3,27,83,741
Death toll: 4,45,768
Total vaccination: 82,65,15,754 pic.twitter.com/2lkQeQCbRb
