PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

परराष्ट्र मन्त्री खड्काले लिए सपथ, आजै अमेरिका उड्दै



पहिलोपोस्ट

परराष्ट्र मन्त्री खड्काले लिए सपथ, आजै अमेरिका उड्दै

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्कले शपथ लिएका हुन्।

हिजोमात्र सत्तारुढ गठबन्धनका शीर्ष नेतृत्वबिच खड्कालाई मन्त्री बनाउने सहमति भएको थियो। सहमतिको भोलिपल्ट आज राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण कार्यक्रमको आयोजना भयो। आजै मन्त्री खड्का अमेरिका जाँदैछन्।

सपथ समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीहरु, संवैधानिक निकायका उच्च पदाधिकारीको उपस्थिति थियो। प्रधानमन्त्री देउवाले आजै उनलाई मन्त्री बनाउन सिफारिस गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell