PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

काठमाडौं उपत्यकाका ४० प्रतिशत जनसंख्याले लगाए कोरोना विरुद्धको दुवै डोज खोप



पहिलोपोस्ट

काठमाडौं उपत्यकाका ४० प्रतिशत जनसंख्याले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

काठमाडौं : सरकारले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढाएपछि काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन्।

सरकारले असोज मसान्तसम्ममा खोप लगाउनयोग्य मध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य सहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ। प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउनेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। 

वाग्मती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell