PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार



पहिलोपोस्ट

म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशमा आफू सभापतिको उम्मेद्वार नभएको बताएका छन्।

लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै सभापति पदको उम्मेद्वार नभएको स्पष्ट पारेका हुन्। त्यस्तै उनले आफू कांग्रेसभित्र देखिएका कुनै पनि गुटमा संलग्न नभएको बताएका छन्।

'सभापति पदको उम्मेदवार म होइन। अहिले म कुनै गुटमा पनि छैन। अब तपाई आफै बुझ्नुहोस्। देउवा र पौडेललाई मिलेर हिँड्न मेरो अनुरोध छ,' उपसभापति गच्छदारले भने।

त्यस्तै, उनले आफ्नो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाएका छन्। 

पढ्नुस् :

मेरो राजनीतिक करिअर सक्काउन मुद्दा लगाइयो : कांग्रेस उपसभापति गच्छदार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell