PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित



पहिलोपोस्ट

भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल : असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो।

असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख  छ।

गत भदौ ३१ गते बसेको प्रदेश सभाको बैठक एमालेको अवरोध गरेपछि असोज ७ गतेसम्मका लागि सभामुख पूर्ण बहादुर घर्तीले स्थगित भएको जनाएका थिए।

नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै  प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै बैठक अवरुद्ध गर्दै आएको छ।

पार्टीले कारबाही गरेका दुई जना प्रदेशसभा सदस्यलाई पदमुक्त नगरेसम्म सदन चल्न नदिने एमालेको अडान छ।

सभामुख पूर्णबहादुर घर्तीले दुई जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतमा विचाराधीन मुद्दाको विषयमा सदनमा कुरा उठाउन नमिल्ने भन्दै प्रदेशसभा सदस्यहरूलाई सचेत गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell