PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

नेहा स्वामीको इन्स्टा पोस्ट : के 'खतरों के खिलाडी-११' को विजेता अर्जुन हुन्?



पहिलोपोस्ट

नेहा स्वामीको इन्स्टा पोस्ट : के 'खतरों के खिलाडी-११' को विजेता अर्जुन हुन्?

चर्चित एड्भेन्चर रियालिटी सो 'खतरों के खिलाडी' को सिजन ११ का विजेता को होला? अन्तिम नतिजा सार्वजनिक नभए पनि यतिखेर  अर्जुन विजलानीले बधाई पाइरहेका छन्। खतरों के खिलाडीको फिनालेमा दिव्यंका त्रिपाठीलाई हराउँदै के उनले नै उपाधि जितेका हुन् त?

शो को फिनालेको एपिसोड मंगलवार मुम्बईमा छायांकन गरिएको थियो। अर्जुनका साथै दिव्यंका त्रिपाठी, विशाल आदित्य सिंह, श्वेता तिवारी, निकी तम्बोली फिनालेमा भिडेका थिए।

विजेताबारे कुनै आधिकारिक घोषणा भने अहिलेसम्म गरिएको छैन। तर, सोसल मिडियाको पोष्ट र स्टोरीले संकेत गर्छ अर्जुन बिजलानीले रियालिटी सोका बिजेता हुन्। 

अर्जुनकी श्रीमती नेहा स्वामी बिजलानीले इन्स्टाग्राममा स्टाट्स लेख्दै एक फोटो पोष्ट गरेकी छिन्। 'मलाई निकै गर्व लाग्छ मेरो प्राण। मलाई थाहा छ वास्तवमा तिमीले के गरेको छौँ। तिमी दुनियाको सबै खुशीको लायक छौँ,' उनले लेखेकी छिन्। 

नेहाले इस्ट्रा स्टोरीमा समेत फोटोहरु सेयर गरेकी छिन्। 'खतरों के खिलाडी' का प्रतिस्पर्धीहरु सहित उनीहरु खुशी मनाइरहेको देख्न सकिन्छ। पोष्ट गरेसँगै अर्जुनलाई कमेन्टबक्समा फ्यानहरुले बधाई समेत दिइरहेका छन्।

फाइनल एपिसोड आगामी साता सेप्टेम्बर २५-२६ गते प्रसारण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell