PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन्।

१३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ५१ जना र एन्टीजेन विधिबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो।

त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमण भएका ११ हजार ५९ जनाको मृत्यु भएको छ।

एक दिनमा १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell