PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक



पहिलोपोस्ट

राष्ट्रिय सम्मेलन गर्न सर्वसाधारणको आउजाउमा अखिल क्रान्तिकारीको रोक

पोखरा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको छ।

चिप्लेढुंगा मानव अधिकार चोकमा अखिलको सम्मेलन सुरु भएको हो। 

सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेका हुन्। वर्षाका बिच चलिरहेको कार्यक्रमले सवारी साधन चल्न सकेका छैन। सिद्धार्थ चोकदेखि चिप्लेढुंगा क्षेत्रको सडकमा सर्वसाधारण तथा सवारी साधनलाई रोक लगाइएको छ। सवारीसाधनको आउजाउ रोक लगाउन अखिलका कार्यकर्ता नै सडकमा खटिएका छन्। कार्यकर्ताले पोखरा महानगरपालिकाको फोहोर उठाउने गाडीलाई समेत रोकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell