PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

१२ वर्षीय बालिकाको बलात्कार आरोपमा ६० वर्षीय वृद्ध समातिए



पहिलोपोस्ट

१२ वर्षीय बालिकाको बलात्कार आरोपमा ६० वर्षीय वृद्ध समातिए

जनकपुरधाम : धनुषामा १२ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ।

जिल्लाको धनुषाधाम नगरपालिकाका ६० वर्षीय वृद्धले बालिकालाई पैसाको लोभ देखाएर बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। प्रारम्भीक अनुसन्धानमा धनुषाधाम नगरपालिका पल्टु मण्डलले बालिकालाई एक हजार रुपैयाँ दिन्छु भन्दै फकाएर घाँस काट्न गएको समय बलात्कार गरेको खुलेको प्रहरीको दावी छ।

सोमवार राती प्रहरीले ती बुद्धलाई उनको घरबाट नै पक्राउ गरेको थियो। पक्राउ परेका ती व्यक्तिलाई इलाका प्रहरी कार्यालय धनुषाधाममा राखी अनुसन्धान सुरु गरिएको छ। उनीमाथि जबरजस्ती करणी केसमा म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रमुख सुरेश ठाकुरले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell