PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

झापामा आफन्तले नै गरे महिलाको विभत्स हत्याः घटना संलग्न भान्जा सहित चार जना समातिए,देवर फरार



पहिलोपोस्ट

झापामा आफन्तले नै गरे महिलाको विभत्स हत्याः घटना संलग्न भान्जा सहित चार जना समातिए,देवर फरार

काठमाडौंः झापाको झापा गाउँपालिका १ सानो माई खोलामा भेटिएको आधा काटिएको शवको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न भएको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा मृत महिलाका आफन्त नै रहेका छन्। मृतको भान्जादेखि सौताको भाइ समेतको संलग्नता देखिएको हो। भदौ २५ गते भारत घर भएकी ५५ वर्षी डोली भन्ने धोन्नी टुडुको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो। सुरुमा शवको पहिचान भएको थिएन।

प्रहरीले भारतको किसनगञ्ज जिल्ला सिंघीमारी बस्ने २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका वडा नम्बर १  बस्ने ३७ वर्षीय लखन टुङु सतार, ५६ वर्षीय सिरी साइला भन्ने सोमाइ हेमरम सतार र २७  वर्षीय हेमरम सतारलाई नियन्त्रणमा लिएको हो। ऐतवार मृतक महिलाका भान्जा हुन्। त्यस्तै लखन भने सौताका भाइ भएको खुलेको छ। घटनामा संलग्न रहेका डोलीका देवर मण्डल हेमरम सतार भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

डोलीका श्रीमान् घटना भएको १५ दिनअघि मात्र मृत्यु भएको थियो। उनका छोराछोरी भने थिएनन्। डोलीकी सौताले बोक्सीको आरोप समेत लगाउने गरेकी थिइन्। देवरसँग डीलीको जग्गा सम्बन्धी विवाद भएकाले त्यसैको लागि हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।

घटना प्रयोग भएको दाउ खोलामा बगाइएको प्रहरीको दाबी छ।

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell