पोखरा : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले जनमत संग्रहमार्फत मात्रै देशमा परिवर्तन आउने बताएका छन्। बुधबार पोखरामा अखिल क्रान्तिकारकिो २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देश परिवर्तनका लागि आफू र आफ्नो पार्टीले जनमत संग्रहको माग गरेका हुन्।
‘देशमा परिवर्तन ल्याउन जनमत संग्रह ल्याउनुपर्छ। हामीले ल्याउछौं, जनता परिवर्तन चहान्छन्। हामी परिवर्तन ल्याउछौं,’ उनले भने ।
उनले नेपाली राजनीतिमा माफियाकरण भएको आरोप समेत लगाएका छन्।
‘माओवादीले खोसेको जमिन तीनलाख विघा भन्दा बढी थियो होला नेपालमा। दाङमा मात्र १७ हजार विघा थियो। त्यो जमिन खै अहिले?’ उनले प्रश्न गरे, ‘न जमिनदारले पाएको छ न राज्यको हातमा छ त्यो पुरै एकथरी माओवादी साथीहरूले बेचेर खानुभयो यस्तो पार्टी कसरी जनताको पार्टी हुन्छ?’
साथै उनले माओवादी आन्दोलन ‘बम्बइको कोठी’मा बेचेको जस्तो भएको टिप्पणी गरेका छन्।
‘प्रेम गरेको बाहाना गरेर थाहै नदिई बम्बइको कोठीमा बेचेको जस्तो भयो माओवादी आन्दोलन। युवालाई जनवाद र साम्यवादको सपना देखाएर युद्ध मैदानमा होमेर नेताहरुले अहिलेको अलिसान जीवन बिताइरहेका छन्। यही ठिक हो?’ उनले प्रश्न गरे, ‘बाबुरामले कम्युनिष्ट आन्दोल नै छोडेर हिँड्ने कुरा यो नैतिक हुन्छ ? हजारौं मान्छेलाई बलिदानमा होमेर त्यो मोर्चा छोडेर भाग्न पाइन्छ?’
राष्ट्रको लागि विद्रोह गर्दा देशद्रोहीको आरोप लगाएको उनको भनाइ छ। तर पनि, देश प्रेमले आफुहरु अभियानमा लागेको उनले दाबी गरे।
‘देशको लागि विद्रोह गर्दा प्रतिबन्ध लगाइयो। तर हामी लड्ने भनेर हिँडेको हो’ उनले भने, ‘हामीले जनतालाई पनि हिँडाएको हो। अन्याय सहनुभन्दा मर्नु ठिक हो। विद्रोह गर्नु ठिक हो।’
रगत र पसिना चुस्ने दलाल विरुद्ध आफूहरुको लडाइँ रहेको उनी बताउँछन्।
माओवादी र एमालेको एकता दलदलमा उभिएको र भासिने एकता रहेको पुष्टि भएको उनले बताए।
‘उहाँहरुको एकता त बीस दिनपनी टिकेन एकताको भोलिपल्टबाट संघर्ष गर्नुभएको हो,’ उनले भने,‘दुईतिहाइ त आयो तर दुईतिहाइको भारी उहाँले यस्तो गाह्रो भयो कि एकले अर्कालाई फाल्दा फाल्दै जनताको मत कता पुग्यो उहाँ कता पुग्नुभो नाङ्गै पछारिएर सवनाङै जस्तो भो के, त्यसको भारिले नाङ्गै भुतुङै भएर हिँडे जस्तो।’
