PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

अमेरिकाले विकासशील राष्ट्रहरुलाई ५०० मिलियन डोज फाइजर भ्याक्सिन दिने



पहिलोपोस्ट

 अमेरिकाले विकासशील राष्ट्रहरुलाई ५०० मिलियन डोज फाइजर भ्याक्सिन दिने
Photo : Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रहरुलाई ५०० मिलियन डोज फाइजर भ्याक्सिन दिने घोषणा गरेका छन्।

संयुक्त राष्ट्र संघको साधरणसभामा भएको भर्चुअल कोभिड १९ सम्मेलनमा बाइडेन भ्याक्सिन दिने घोषणा गरेका हुन्। यो घोषणासँगै अमेरिकाले विश्वभर १ बिलियनभन्दा बढी डोज सहयोग गर्नेछ।

विज्ञहरुका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउन ११ बिलियन डोज भ्यक्सिन आवश्यक पर्छ। विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्म ४० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने लक्ष्य लिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell