काठमाडौंः नेपालबाट भारततर्फ हुने हरियो केराउको तस्करी हुने गरेको छ।
बुधवार प्रहरीले ठुलो परिणाम हरियो केराउ बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय कृष्ण नगर र बिओपी कष्णनगरबाट खटिएको संयुक्त टोलीले बुधवार राति पौने १० बजे कृष्ण नगर नगरपालिका वडा नम्बर १ बाट ६ वटा ट्रकमा रहेको २ सय २५ क्विन्टल हरियो केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
दृष्टान्त पेट्रोल पम्प स्थित पुगेको अवस्थामा कृष्ण नगर चन्द्रौटा सडकको पूर्व किनारामा स्टार्ट गरी राखेको यूपी ३५ टी २४५३, युपी ५३ टी ३६५८, युपी ७१ टी ११८४, युपी ५५ टी १२५४ र युपी ५५ टी ०९६६ नम्बरको ट्रकबाट हरियो केराउ बरामद भएको थियो। त्यस्तै र कृष्णनगर नगरपालिका वडा नम्बर २ गल्लामण्डी स्थित बाटोमा स्टार्ट गरी राखेको अवस्थामा युपी ७८ एटी ८८२५ नम्बरको ट्रकलाई चेक गर्दा नेपालबाट भारत तर्फ निकासी गरी लैजाँदै गरेको अवस्थामा हरियो मटर (केराउ) भेटिएको डिएसपी भण्डारीले जानकारी दिए।
प्रत्येक ट्रकमा ट्रकमा लोड गरेको अवस्थामा हरियो केराउ (मटर) १४० बोरा प्रति बोरा २५ केजीका दरले जम्मा ३५ क्विन्टल रहेको थियो। त्यस्तै एउटा ट्रकमा भने दुई सय बोरा २५ केजीका दरले ५० क्विन्टल केराउ फेला पारेको हो।
करिब सत्ताइस लाख हरियो मटर आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको छ।
