PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

काँडाघारी प्रहरीले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई १८ लाख रुपैयाँ सहित समात्यो



पहिलोपोस्ट

काँडाघारी प्रहरीले जुवा खेलिरहेको अवस्थामा १३ जनालाई १८ लाख रुपैयाँ सहित समात्यो

काठमाडौंः जुवा खेली रहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहमहादेवबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले कमल दाहालको घरमा दोस्रो तल्लामा १३ जना जम्मा भएर क्यासिनो शैलीमा जुवा खेलिरहेको फेला पारेको प्रहरीको दाबी रहेको छ। उनीहरूको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ।

दसैँ तिहार जस्ता चार्ड पर्व नजिकिदैं गर्दा जुवा तास खेल्ने क्रम बढ्ने हुँदा प्रहरीले सक्रियता बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell