PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन, यी नेताले पनि गरेका थिए दाबी



एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन, यी नेताले पनि गरेका थिए दाबी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। बुद्धनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले महासचिवमा भुसाललाई चयन गरेको हो।

मंगलवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा भुसालसँगै नेताहरु गंगालल तुलाधर, विजय पौडेल, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला लगायतले पनि महासचिवका लागि दाबी गरेका थिए। तर भुसालको नाममा सहमति जुटेको पार्टीका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए।

भुसाल महासचिव भएको घोषणा आज केन्द्रीय कमिटीको बैठक समापन भएपछि हुनेछ। बैठकबाट केन्द्रीय कमिटीको विस्तार, ३ महिने अभियानको खाका बनाउने, स्थायी कमिटी र पोलिटब्युरो विस्तार लगायतका निर्णय हुने नेताहरुले बताएका छन्। यसअघि अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रस्तावलाई बैठकले पारित गरेको थियो। पाँच समूह बनाइ प्रतिवेदनमाथि छलफल भएको थियो। 

यस्तो छ भुसालको राजनीतिक यात्रा

२०११ असार १५ गते अर्घाखाँचीको धनचौरमा जन्मिएका भुसालले २०२७ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रहेका भुसाल लामो समयसम्म जेलमा बसेका थिए। अर्घाखाँचीमा भएको बर्रे आन्दोलनबाट चर्चामा आएका भुसाल २०३० चैतमा पक्राउ परेका थिए। जेलमै रहँदा एसएलसीमा उत्तिर्ण भएका उनले जेलमा बसेर आइए, स्नातक हुँदै स्नातकोत्तरसम्मको अध्यन पुरा गरेका हुन्। भुसालले २०७६ मा विद्यावारिधी (पिएचडी) पुरा गरेका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीका समकालीन नेताका रुपमा चिनिने भुसाल राष्ट्रियसभा सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell