PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

ओलीले डाके केन्द्रीय कमिटीको बैठक, विधान महाधिवेशनका लागि ३ प्रस्ताव पारित हुने



पहिलोपोस्ट

ओलीले डाके केन्द्रीय कमिटीको बैठक, विधान महाधिवेशनका लागि ३ प्रस्ताव पारित हुने

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। शुक्रवार र शनिवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, प्रस्तावलाई पारित गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो। ललितपुरको च्यासलमा बैठक बस्ने तामाङले बताए।

यसअघि च्यासलमै सम्पन्न असोज ४ गतेको स्थायी कमिटीको बैठकले ओलीको राजनीतिक प्रतिवेदनसँगै सांगठनिक र विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो। एमालेको विधान अधिवेशन असोज १५-१७ सम्म गोदावरीमा हुँदैछ। उक्त अधिवेशनमार्फत् एमालेले पार्टीको सैद्धान्तिक पक्ष टुंग्याउन लागेको हो। एमालेमा पहिलोपटक विधान अधिवेशन र महाधिवेशन फरक-फरक हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell