फेसन शो 'माउण्ट एभरेष्ट फेसन रनवे' आजबाट सुरु भएको छ। सगरमाथा आधार शिविरमा हुने फेसन शोको दोस्रो संस्करण आजबाट सुरु भएको हो।
हिमालको संरक्षण तथा जैविक संरक्षणमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले यो शो आयोजना गरिएको आयोजकले जनाएको छ।
कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्मसले नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएमई बैंक, चिभास, द सोल्टी काठमाडौं र इन्टरनेसनल सेरिकल्चर कमिसन लगायतका अन्य संस्थाको सहयोगमा यो शो आयोजना गरिएको हो।
आधार शिविरमा हुने शोमा नेपालसहित विश्वका विभिन्न देशका मोडलहरुले सहभागिता जनाउनेछन्।
'फेसन रन वे' को पहिलो संस्करण २०७६ पुसमा आयोजना भएको थियो। यो कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट विश्व कीर्तिमान राखेको बोर्डले जनाएको छ।
