PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

माओवादीसँग मिसिने हल्ला हजार प्रतिशत झुटो हो, गठबन्धन बलियो छ : माधवकुमार नेपाल



पहिलोपोस्ट

माओवादीसँग मिसिने हल्ला हजार प्रतिशत झुटो हो, गठबन्धन बलियो छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला गलत भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बानेश्वरको बुद्धनगरमा सम्बोधन गर्दै नेपालले अर्को पार्टीमा मिसिन लागेको भन्ने हल्ला झुटो भएको स्पष्ट पारेका हुन्।

'हाम्रो पार्टी अर्को पार्टीसँग मिसिन गएको छ भन्ने हजार प्रतिशत गलत छ। जनवर्गीय संगठन फैलिँदै गएको छ। यो पार्टीलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ। कसैले भ्रम फैलाउन खोज्छ भने भ्रममा नपर्न आग्रह गर्छौ। हामी ५ दलको गठबन्धमा सहभागी छौँ,' उनले भने।

पाँच दलको सत्ता गठबन्धनमा कुनै विवाद नभएको नेपालले बताए। उनले अहिले मात्रै नभइ चुनावसम्म र त्यसपछि पनि गठबन्धन कायमै रहने दाबी गरे। गठबन्धनलाई अघि बढाउन दस्तावे निर्माणको काम भइरहेको भन्दै  उनले स्थानीय तहमा समन्वयका लागि समन्वय समिति रहने समेत बताए।

भने,'५ वटै दलको बिचमा निकै राम्रो सम्बन्ध छ। हिजो मात्रै बालुवाटारमा बसेको बैठकमा यसबारेमा जोड दिइएको छ। ५ दलको राजनीतिक मोर्चाको दस्तावेज बन्दै छ। हामी पालिका पालिकामा समन्वय समिति बनाउने छौ। चुनाव पछि पनि गठबन्धनलाई निरन्तरता दिन चाहन्छौ। यसको आधार राष्ट्रियता हो।'

उनले गठबन्धनबाट सुशासनको प्रत्याभूति हुने बताए। आफ्नो पार्टी सबै खालका जटिलताबाट अगाडी बढने उनले दाबी गरे।

 'कुनै बाधा अवरोधले रोकिने छैन। हाम्रो संसदमा पनि सशक्त उपस्थिति छ,' नेपालले भने।

नेकपा एकीकृत समाजवादी पार्टी आर्थिक रुपमा पारदर्शी हुने नेपालले बताए। उनले आर्थिक हिनामिनाको प्रश्न उठनेमा सचेत रहन नेताहरुलाई निर्देशन समेत दिएका छन्। लेवि संकलन र पार्टीका शुभेच्छुकबाट आर्थिक सहयोग संकलन गरिने उनले बताए।

'सांसदको लेवि संकलन गर्ने छौ। शुभेच्छुकहरुले सहयोग गर्न तयार छौ भनेका छन्। आर्थिक सहयोग हामीले संकलन गर्ने छौ,' नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell