PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित



पहिलोपोस्ट

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक– २०७८’ बहुमतले पारित भएको छ।

 बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा (एमाले)ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमालेको अवरोधबिच राष्ट्रिसभाबाट विधेयक पारित भएको हो।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell