PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

देउवाले लोकतन्त्रमा जोड दिँदा रामचन्द्र पौडेलले भने : कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो पार्टी हुने होइन



पहिलोपोस्ट

देउवाले लोकतन्त्रमा जोड दिँदा रामचन्द्र पौडेलले भने : कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो पार्टी हुने होइन

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल  माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे।

'हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो। कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन' उनले भने।

पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell