PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कविता र गीत चोरीको आरोप लागेपछि मनोजको जवाफ 'प्रमाणित भए लेख्न छोडिदिन्छु'



पहिलोपोस्ट

कविता र गीत चोरीको आरोप लागेपछि मनोजको जवाफ 'प्रमाणित भए लेख्न छोडिदिन्छु'
Photo : Times of India

भारतीय गीतकार मनोज मुंतशिर यतिखेर निकै चर्चामा छन्। एक कविताका कारण उनी विवादमा तानिएका हुन्। विवाद उत्पन्न हुनुको कारण हो कवितामाथि चोरीको आरोप लाग्नु।

उनलाई रोबर्ट जे लेभ्रीको कविता 'कल मी' को हिन्दी अनुवाद गरि आफ्नो नाम राखेर छोपेको आरोप लागेको छ। जसकारण सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार भइरहेका छन्।

यसैबिच उनलाई गीत चोरीको समेत आरोप लागेको छ। बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म 'केसरी' को 'तेरी मिट्टी' बोलको गीत पाकिस्तान गीतबाट कपी गरेको आरोप पनि उनीमाथि लागेको छ।

सन् २००५ मा आएको एक पाकिस्तानी देशभक्ती गीतको कपी गरेर 'तेरी मिट्टी' गीत ल्याएको भनि उनीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन्।

तर, गीतकार मनोजले भने आरोपहरुलाई अस्विकार गरेका छन्।  

'हाम्रो फिल्म केसरीको गीत रिलिज भएपछि मात्रै पाकिस्तानको गीत अपलोड गरिएको थियो। त्यो गीत गाउने पाकिस्तानी नभएर भारतीय गायिका गीता राबरी हुन्' उनले भनेका छन्। उनले गायिका आफ्नो प्रशंसक रहेको र राम्रो चिनजान रहेको समेत उल्लेख गरेका छन्।

'तेरी मिट्टी' बोलको गीतलाई यदि कसैले चोरेको भनि प्रमाणित गरेको खण्डमा आफूले लेख्न छोडिदिने उनले बताएका छन्। मुगलहरुको बारेमा भिडियो बनाएको भएर आफूविरुद्ध जनताहरु भड्किरहेको उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell