PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

थपिए १२३९ कोरोना संक्रमित, १ लाख ३८ हजार बढीले लगाए खोप



पहिलोपोस्ट

थपिए १२३९ कोरोना संक्रमित, १ लाख ३८ हजार बढीले लगाए खोप

पछिल्लो २४ घण्टामा १५ हजार २४३ जनाको कोभिड १९ परीक्षण गर्दा १ हजार २३९ जनामा संक्रमण देखिएको छ। यस्तै, १ हजार ३२४ जनाको संक्रमण मुक्त भएका छन्।

आजसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमणका कारण थप १३ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार ७२ पुगेको छ।

कोभिड १९ विरुद्ध एकैदिन १ लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन्। हालसम्म ६२ लाख ९३ हजारभन्दा बढीले खोपको पहिलो मात्रा लगाइसक्दा ५८ लाख ६० हजारभन्दा बढीले खोपको पूर्ण मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell