गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ मा चारजना निर्णायक अनुबन्धित भएका छन्। 'द भ्वाइस किड्स नेपाल' को आधिकारिक फेसबुक पेजमार्फत चारजना निर्णयकको बारे जानकारी दिइएको हो।
'द भ्वाइस किड्स' को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहने छन्। गायक राजु र प्रमोद ‘द भ्वाइस अफ नेपाल’ मा समेत निर्णायकका रुपमा देखिसकेका छन्।
नेपाली संगीत जगतमा नयाँ आयाम थप्ने प्रयासका साथै नेपाली बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो कार्यक्रम गरिएको जनाइएको छ।
कार्यक्रममा ६ देखि १४ बर्षका बालबालिकाहरुले भाग लिन पाउनेछन्। यो शो मा समेत 'द भ्वाइस अफ नेपाल' का निर्देशक लक्ष्मण पौडेलको नै निर्देशन रहनेछ।
