PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

शाहिद अफ्रिदी काठमाडौंमा, इपीएलमा काठमाडौं किंग्स ११ बाट खेल्ने

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आएका छन्। काठमाडौं किंग्स ११ बाट इपीएल खेल्न उनी आज आइपुगेका हुन्।

इपीएलमा अफ्रिदीले दुई खेल खेल्ने बताइएको छ। यसपटकको इपीएल संस्करण असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपाल आएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अफ्रिदीले आफू नेपाली क्रिकेटलाई सहयोग गर्न आएको बताए। अलराउन्डर अफ्रिदीलाई काठमाडौं किंग्स ११ ले 'आइकनिक प्लेअर'का रुपमा आफ्नो टोलीमा भित्राएको हो।

अफ्रिदीले एकदिवसीय, टेस्ट र टी ट्वान्टी क्रिकेट गरि ११ हजारभन्दा बढी रन बनाएका छन्। यस्तै, तीनवटै फर्म्याटमा गरि उनले करिब ५०० विकेट लिएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell